ओम अस्पतालमा चावहिल काठमाडौमा पित्तथैलीको पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु भएको छ ।
पित्तथैलीको पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्युभएपछि तनाव भएको छ।
अस्पतालमा मृतकका आफन्तले नाराबाजी गरिरहेका छन्।
पत्थरीको उपचारका क्रममा सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको मृतकका बहिनी ज्वाइँ खड्गबहादुर श्रेष्ठले जानकारी दिए।
श्रेष्ठले अप्रेसनमा चिकित्सकले चरम लापरबाही गरेको आरोप लगाएका छन्।
श्रेष्ठलेका अनुसार पित्तथैलीको पत्थरीको अप्रेसन गर्न बिहीबार अस्पताल गएका उनीहरू शुक्रबार भर्ना भएर अप्रेसन भएको थियो।
अप्रेसन गर्दा सानो आन्द्रामा प्वाल पारेर सिलाइदिएको हुनाले मलद्वारबाट निस्कनुपर्ने फोहोर शरीरभित्रै फैलिएर संक्रमण भई बिरामीको मृत्यु भएको उनको आरोप छ।
तर, ओम अस्पतालका निर्देशक डा केपी देवकोटाले भने बिरामीको उपचारमा कुनै लापरबाही नभएको र संक्रमणका कारण बिरामीको मृत्यु भएको बताएका छन्।