काठमाडौ ,
असार ८ –
नेपाली राष्ट्रिय फुटबल टिमकोे विश्वकप छनोटको तयारी पुनः सुरु भएको छ ।
पछिल्लो समय लगातार तयारी गर्दै आएको फुटबल टिमले आजबाट प्रशिक्षण सुरु गरेको हो ।
मुख्य प्रशिक्षक योहान कालिन देश बाहिर रहेकाले सहायक प्रशिक्षक किरण श्रेष्ठ लगायतको टिमले नेपाली टिमलाई प्रशिक्षण दिइ रहेको छ ।
करिब तीन हप्ता अघि चाईनिज ताईपेसंगको मैत्रीपुर्ण खेलपछि मुख्य प्रशिक्षक कालिन स्वदेश फर्किनु भएको थियो । उहाँ जुलाई ६ मा मात्र नेपाल आउनुहुनेछ ।
प्रारम्भिक चरणमा ३४ खेलाडीलाई राष्ट्रिय टिमको नियमित अभ्यासमा बोलाईएको छ । जसमा चार नयाँ अनुहार रहेका छन् ।
नयाँ अनुहारमा संजोक राई, अमित तामाङ, बिमल पाण्डे र त्रीदेभ गुरुङ छन् ।