गुल्मी
असार २३–
गुल्मीको छत्रकोट गाउपालीकाकोे छैठौ गाउसभाको दोस्रो बैठकले बिभिन्न ऐन र आर्थिक वर्ष २०७६ – ७७ को बजेट बिनियोजन गरेको छ ।
आइतबार बसेको गाउसभाले खानेपानी मुहान दर्ता ऐन, बिपन्न बिमा ऐन ,नगर प्रहरी ऐन र जग्गा प्राप्ती ऐन सर्व सहमतिमा पारित गरेको छ ।
गाउसभाले करका नया दायरा पनि तय गरेको छ ।
गत आर्थिक वर्षमा ३ तहको कर निति बनाएकोमा नया आर्थिक बर्षमा कारोबारका आधारमा करको दायरा फराकिलो बनाउदै ५ तहको करको दायरा बनाएको हो ।
जसमा ५ लाख सम्म आम्दानी गर्ने व्यवसायिलाई पहिलो तहको कर, १० लाख सम्मको लागि दोस्रो तह , २० लाख सम्मको तेस्रो तह, ५० लाख सम्मको चौथो तह र ५० लाख भन्दा बढीको लागि पाचौ तहको करको दायरा पारित गरिएको छ ।
जसमा सर्वाधिक चलचित्र प्रदर्शनमा ५० सिट बढिको लागि वार्षिक ५० हजार , डिस्टीलरी उद्योगलाई वार्षिक २५ हजार ,हेवि इक्युपमेन्ट को १३ देखि १४ हजार, हाडवयरको लागि २ देखि ७ हजार लगायत करको दायरा बनाइएको छ ।
कार्यक्रम र परियोजना अनुसार करिब ३७ करोड रुपैया बराबरको अनुमानित बजेट , संचालन देखि पुजिगत सम्म करिब ४ सय ९७ शिर्षकमा बिनियोजन गरिएको छ ।
शिक्षातर्फ स्कुल बस खरिद ,बिद्यालय अनुदान , नानीबाबु प्रतिभा प्रवर्धन , सडक स्तरोन्नति ,वडा नम्बर २ को भवन , वडा नम्बर पाच, तिन र एकको वडा भवन निर्माण र गाउपालीकाको भवन निर्माण प्राथमिकतामा परेका छन ।