घनश्याम पौडेल
अर्घाखाँची ,असार २४-
नेपाली काँग्रेस मालारानी गाउँपालिकाको ४ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेस मालारानी गाउँपालिकाको आयोजनामा वडा नम्बर ८ कमेरेपानिमा पशिक्षण दिदै नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रेवतिप्रसाद भुसालले काँग्रेसको संगठन मजवुद बनाउँन सबै एक हुनुपर्नेमा जोड दिए ।
भुसालले वर्तमान सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको बताए । नेता भुसालले काँग्रेसका सैद्धान्तिक कुराको बारेमा जानकारी गराए ।
उनले समाजवादको व्यवस्थामा देशका सवै नागरिकको सुरक्षा सरकारले ग्यारेन्टी गर्नुपर्ने, शिक्षा, स्वास्थ्य, खाद्यान्नको व्यवस्था सरकारले पूरा गर्नुपर्नेमा वर्तमान सरकार जनताको हितका लागि काम नगरेको आरोप लगाए ।
नेपाली काँग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले काँग्रेस मालारानीले सुरू गरेको पशिक्षण कार्यक्रम राखेकोमा धन्यवाद व्यक्त गरे ।
उनले काँग्रेस अर्घाखाँची पहिलो चरणको जागरण अभियान सम्पन्न गरेको बताए । दोस्रो चरणको जागरण भदौमा हुने जानकारी गराए ।
नेपाली काँग्रेसका केन्द्रीय नीति, अनुसन्धान प्रतिस्ठान प्रशिक्षण सदस्य योगराज कँडेल र छन्दबहादुर पहराईले परिक्षण दिएका थिए ।
कार्यक्रममा पुर्व सभापति कमल भुसाल, उपसभापति शान्ता भण्डारी, प्रदेश सभा सदस्य निर्मला क्षेत्री, क्षेत्रिय सभापति अच्युत गौतम, महासमिति सदस्य केशव श्रेष्ठ, यादव घिमिरे, जिल्ला सदस्यहरू लोकेन्द्र विक, माधव पौडेल, विष्णु क्षेत्री, सीता भुसाल, महिला संघका क्षेत्रिय सभापति शान्ता खनाल, शिक्षक संघ मालारानीका अध्यक्ष शोभाखर खनाल, तरूण दलका लिलामणि पोख्रेल, हंसपुरका सभापति गोपाल विसि, गोंखुगाका सभापति कविराम पौडेल लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रम नेपाली काँग्रेस मालारानीका सभापति शोभाखर खनालको अध्यक्षता, क्षेत्रिय प्रतिनिधि ईन्द्र रेग्मीको सञ्चालन र डुकप्रसाद पोख्रेलको स्वागतमा सम्पन्न भएको छ ।
नेपाली काँग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले काँग्रेस मालारानीले सुरू गरेको पशिक्षण कार्यक्रम राखेकोमा धन्यवाद व्यक्त गरे ।
उनले काँग्रेस अर्घाखाँची पहिलो चरणको जागरण अभियान सम्पन्न गरेको बताए । दोस्रो चरणको जागरण भदौमा हुने जानकारी गराए ।