साउन २०
आज नाग पंचमी, हिन्दु धर्मावलम्बीहरुले घरको ढोकामाथि नागको चित्र टाँसी गाईको दूध, फूल अक्षताको साथमा
गाईको गोबर सहित नागको पूजा अर्चना गर्ने गर्छन ।
हिन्दु परम्परा अनुसार नागलाई मन पर्ने दूध, दूबो चढाई स्तुति र पूजा गर्नाले घरमा चट्याङ नपर्ने, सर्पको डर नहुने,
आगलागी र
दैवी विपत्ति नपर्ने विश्वास छ ।
आज नागका अष्टकुल अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखनागको पूजा अर्चना गरिन्छ ।
नाग पञ्चमीको अवसरमा बिहानैदेखि देशभरीका नाग मन्दिरहरुमा दर्शनार्थीको घुईंचो लागेको छ ।
आज नाग पन्चमी, विश्वभरका हिन्दूहरुले नागको चित्र आफ्नो घरको मूल द्वारमा टाँसी नाग पन्चमी मनाउँदै छन्।
श्रावणशुक्लपाचमीका दिन नागको विशेष चित्र लेखेर दही दूध लाबासमेतले पूजा गरी घरका मूल ढोकाहरुमा नाग टाँस्ने गरिन्छ ।
नागको शिर भाद्र आश्विन र कार्तिक महिनामा पूर्वतिर हुने बताएको छ भने मंसिर पुस माघमा नागको शिर दक्षिणतिर हुन्छ।
त्यस्तै फागुन चैत्र वैशाखमा पश्चिमतिर नागको शिर हुन्छ भने ज्यॆष्ठ आषाढ श्रावणमा नागको शिर उत्तरदिशातर्फ हुन्छ।
नागको पूजा गर्दा शिरको ज्ञान भएन भने पूजाको प्रयोजन निरर्थक हुन्छ भन्ने प्रचलन छ ।
वैदिक परम्परामा नागलाई शिव र विष्णुका साथै देवीका शक्तिका रुपमा मानिन्छ।
पंचायन देवतामध्ये शिवको गलामा नाग विष्णुको शैयामा नाग गणेशका हातमा नाग रहेका छन् भने सूर्यको उपासनामा पनि
नागको चर्चा आउँछ।
त्रेतायुगीन रामका भाइ लक्ष्मणलाई शेषको अवतार मानिन्छ भने द्वापरयुगीन उनै कृष्णका दाजु बलराम शेषनागका प्रतीक नै हुन्।
नागको पूजा गर्दा चामलको पीठोको मूर्ति स्वरुप नागदम्पती बनाइ गाईको दूध कपासको प्यूरी तील लावा चढाई
केराको पातमा राखेर नागको प्रार्थना गर्नाले नागहरु बढी खुसी हुन्छन् भन्ने प्रचलन छ ।
नागको पूजा गर्ने चलन वैदिककालदेखि नै शुरु भएको हो।