कमल पौडेल
१६, असोज÷बागलुङ –
त्रिभुवन नमुना माध्यमिक विद्यालय बडिगाड गाउँपालिका २ खर्वाङमा दोश्रो वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन तथा
बडादशैं लगाएतका चाडवाडको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बडिगाड गाउँपालिकाका कार्यवाहक अध्यक्ष हिमा खरेलले बडिगाडकै गहनाको रुपमा विद्यालय स्थापित भएको भन्दै प्रशंसा गर्नुभयो।
कार्यक्रममा प्रधानाध्यापक ढालमणि भण्डारीले विद्यालयले छिट्टै व्यावसायीक तालिमहरु सँचालन गर्ने योजना वनाएको बताउनुभएको थियो।
सो अवसरमा कक्षा नर्सरी देखि कक्षा १२ सम्ममा प्रत्येक कक्षामा प्रथम, द्धितिय, तृतिय हुने तथा विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई मेडल सहित पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रम विद्यालय व्यावस्थापन समितिका सदस्य दुर्गा अर्यालको अध्यक्षता, सहायक प्रधानाध्यापक शिव पोखरेलको स्वागत मन्तव्य तथा शिक्षक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो।
विद्यालयमा कक्षा नर्सरी देखि १० सम्म अंग्रेजी माध्ययम, कक्षा ४ देखि १० सम्म नेपाली माध्यम, कक्षा ९ देखी प्राविधिक धार तर्फ कृषि, वालिविज्ञान, कक्षा ११, १२ तर्फ प्राविधिक बालि विज्ञान, साधारण धार तर्फ विज्ञान, मानविकि, वाणिज्य र शिक्षा संकायमा कक्षा सञ्चालन गर्दै आएको छ।
यस क्षेत्रकै अब्बल विद्यालयको रुपमा स्थापित विद्यालयमा आज देखि मात्रै दशैं विदा सुरु भएको छ।