चुरामणि तिमिल्सिना
असोज २०
गुल्मी
रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी गुल्मी र रुरु फ्रेन्डस क्लबले राहात सामाग्री प्रदान गरेको हो । गुल्मीको रुरुक्षेत्र गाउँपालीका १ रिडी रातामाटामा अति बिपन्न परिवारको प्रमुख सदस्यको नै मृत्यु भएपछि राहत प्रदान गरिएको वडा नम्बर १ का अध्यक्ष रामलाल बिकले जानकारी दिनुभयो ।
रुरुक्षेत्र गाउँ पालिका वडा न १ का स्थानीय बासी नरबबादुर बिकको ५ दिन अघि ५१ बर्षको उमेरमा निधन भएको र आर्थिक रुपमा अति बिपन्न भएको परिवारलाई शान्तना स्वरुप भाडा(कुँडा , केही विद्धुतिय सामाग्री , खाद्य सामाग्री तथा त्रिपाल प्रदान गरिएको रुरु क्लबका कार्यबहाक अध्यक्ष सिभित थापाले बताउनुभयो। । यसै गरि एस वडा तथा क्लबले हरेक सामाजिक कार्यक्रममा योगदान गर्दै आइरहेको क्लबका पदाधिकारीले जानकारी दिनुभयो । राहत हस्तान्तरण कार्यक्रममा वडा नम्बर १ का सम्पूर्ण जनप्रतिनिधी, कर्मचारीहरु , क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो।
नरबहादुर बिकको घरमै पुगेको राहात टोलिले मृतक घरमा पछी कुनै समस्या भएमा पुनः सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको हो । आर्थिक अवस्था पनि निकै कमजोर रहेको एवं सहयोग गर्ने परिवारका सदस्य पनि कोहि नभएकोले आफ्नो सहयोग गरेको बताउनु भयो । उक्त परिवारले दैनिक ज्याला मजदुरी गरि दैनिक गुजारा चलाउदै आएको छन् । राहत बितरण पुगेका समूहले उहाँ हरुलाइ सान्त्वना दिनुको साथै मृत आत्माको नाममा एक मिनेट मौनधारण समेत गरिएको थियो।